रेशम खेती प्रवर्द्धन कार्यक्रम (सिद्धलेक गाँउपालिका) मा सहभागी हुन प्रस्ताव आव्हानको सूचना
Submited By : व्यवसायिक किट विकास फार्म, धुनिवेशी
The New Website of this office is:
iedfdhading.bagamati.gov.np. Please visit this website for new updates.
वि.सं. २०१८ सालमा स्थापना भएको यस केन्द्र वागवानी फार्मको रुपमा २०४९ सालसम्म संचालनमा रहेकोमा २०४९ सालमा यस तत्कालिन वागवानी केन्द्रलाई निजी क्षेत्रबाट संचालनका लागि लिजमा दिइएको थियो । लिजमा दिइएको यस केन्द्रलाई वि.सं. 2052 सालमा नेपाल सरकारको अधिनमा ल्याई रेशम विकास केन्द्रको रुपमा संचालनमा आएको हो । रेशम विकास केन्द्रको रुपमा रहेको यस केन्द्रको आ.व.२०६०/६१ देखि प्रजनन् पिढी बिज कोया श्रोत केन्द्रको रुपमा नामाकरण भई रेशमखेती सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस केन्द्र नेपालको प्रादेशिक संरचना अनुसार आ.व. २०७४/७५ बाट बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तरगत रहेको छ । यस केन्द्र धादिङ जिल्लाको धुनिबेंशी नगरपालिका वडा नं. ८ मा अवस्थित रहेको छ । त्रिभुवन राजपथसँग जोडिएको यस केन्द्र राजधानी काठमाडौंबाट २२ कि.मी. र सदरमुकाम धादिङबेंशीबाट ६४ कि.मी. टाढा रहेको छ । समुद्र सतह देखि ८५० देखि १००२ मिटर सम्मको उचाईमा अवस्थित यस केन्द्रको हावापानी उपोष्ण किसिमको रहेको छ ।
यस केन्द्रको प्रमुख उद्देश्यहरुमा ग्रामिण क्षेत्रमा गरिबिनिवारणमा सहयोग पु-याउन रेशम खेतीलाई कृषिव्यावसायको रुपमा प्रवर्द्धन गरि रोजगारीको अवसर सिर्जना गर्ने । रेशमकोयाको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने । रेशम खेति प्रति कृषकहरुलाई आकर्षित गर्नका लागि तालिम लगाएत अन्य प्राविधिक सहयोग प्रदान गर्ने । आन्तरिक खपत बढाउन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि कम तौल र उच्च मूल्य युक्त रेशम उत्पादन गर्न सहयोग गर्ने । आर्थिक बर्ष २०७५/७६ सम्म बिशुद्ध रेशम खेतीसँग सम्बन्धित गतिविधिहरु संचालन गर्दै आइरहेको यस केन्द्रले बागमती प्रदेशको प्रस्तावित संगठन संरचना अनुरुप हाल रेशम खेतीका अतिरिक्त व्यवसायिक कीट विकास अन्तरगतका च्याउखेती र मौरीपालन सम्बन्धि श्रोत केन्द्रको रुपमा समेत विभिन्न कार्यक्रमहरु संचालन गर्न शुरुवात गरेको छ ।
Submited By : व्यवसायिक किट विकास फार्म, धुनिवेशी